सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं | पुस ४, २०७९
काठमाडौं: नेपाल सुनचाँदी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ कायम थियो । जुन, ६०० ले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य समेतस्थिर छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

